
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । आइतबार बैंकिङ समयपश्चात सेयर आवेदन लिने कार्य बन्द हुने माछाले जानकारी दिएको छ । यो हकप्रद सेयरमा कात्तिक ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको एक करोड ९३ लाख २२ हजार ७०० सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ । यसअघि बैंकले आवश्यकता अनुसार सेयर आवेदन नपरेपछि एक साताको समय थप गरेको थियो । त्यो समय आइतबार सकिन लागेको हो ।
माछाको हाल चुक्ता पुँजी चार अर्ब ६६ करोड ६४ लाख ३० हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा ९२ करोड रूपैयाँभन्दा धेरै पैसा छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २४ करोड ६९ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।
यो बैंकको प्रतिसेयर आम्दानी २१ रूपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रूपैयाँ ७३ पैसा छ । बैंकले गत वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पुँजीको आधारमा २०।७५ प्रतिशत बोनस सेयर पनि दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्