
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मन्त्रीपरिषदको गोप्य निर्णयबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सञ्चालित आन्दोलनका क्रममा घाइते भएका १२ जनालाई सरकारले बुधवार २० लाख २० हजार आठ सय ६८ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनीहरुलाई उपचार खर्च वापत बिल बमोजिम भुक्तानी दिने निर्णय गरिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
मोर्चाका तर्फबाट सञ्जय यादवको सिफारिसलाई बुधवारको मन्त्रिपरिषदले अनुमोदन गरेको हो । बाराका सञ्जयप्रसाद यादवलाई एक लाख ७७ हजार नौ सय २५ रुपैयाँ, पर्साकी रेखा राजपतिदेवी साहलाई ४६ हजार ६ सय ७४ रुपैयाँ, पर्साका पन्नालाल यादवलाई एक लाख ६९ हजार आठ सय ८२ रुपैयाँ,पर्साका शर्मा राय यादवलाई ६ लाख ५३ हजार दुई सय ९८ रुपैयाँ, कपिलवस्तुका भरतप्रसाद कुर्मीलाई १६ हजार दुई सय ८९ रुपैया,महोत्तरीका नथुनी राउतलाई ४० हजार ९५ रुपैयाँ उपचार खर्च वापत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
रुपन्देहीका दुर्गेश यादवलाई ६७ हजार एक सय ५५ रुपैया,महोत्तरीका रामप्यारी देवी कलवारलाई चार लाख ३६ हजार पाँच सय २५ रुपैयाँ, बर्दियाका बाबुराम शर्मालाई तीन लाख १७ रुपैयाँ, सिराहाका शम्भुकुमार यादवलाई ६७ हजार नौ सय ६० रुपैयाँ, बाँकेकी ममता बानियाँलाई ६ हजार दुई सय ८५ रुपैयाँ, बाँकेका अजय श्रीवास्तावलाई ३८ हजार सात सय ६४ रुपैयाँ उपचार खर्च वापत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
उनीहरुलाई उपचार खर्च वापतको रकम उपलब्ध गराउने निर्णय उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पुस २४ गते गरेका थिए । आफनै खर्चले उपचार गराएका घाइतेको विवरण र खर्च विवरण सम्बन्धित राजनीतिक दलले एकिन गरी पेश गरेपछि गृहमन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्