×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनावको मिति घोषण गरेर अघि बढ्ने सरकारको प्रस्ताव मोर्चाले गर्‍यो अस्वीकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चुनावको मिति घोषण गरेर अघि बढ्ने सरकारको प्रस्ताव मोर्चाले गर्‍यो अस्वीकार

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – मधेशी मोर्चासहितका संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमात्रै निर्वाचनमा जान सकिने अडान दोहोर्‍याएको छ ।  सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसको निर्वाचनको मिति घोषणा गरेर अघि बढने प्रस्तावलाई मधेशी मोर्चा र संघीय गठबन्धनले अस्वीकार गरिदिएको हो ।
 प्रधानमन्त्री पुष्पकमल दाहालले आफनै सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बोलाउएको बैठकमा मधेशी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचन हुनै नसक्ने जिकिर गरेका थिए । संविधान संशोधन परिमार्जनसहित पारित नभई निर्वाचन जानै नसकिने प्रतिक्रिया मधेशी मोर्चाका नेताहरुले दिएका छन ।
 सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन ठूला दलले आदेश दिँदैमा निर्वाचनमा जान नसकिने जिकीर बताए ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा र संविधान संशोधन प्रक्रिया एकैसाथ अघि बढाउन साथ दिन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । 
निर्वाचन सम्बन्धि विधेयक पारित गर्दै निर्वाचनमा जाने विषयमा सकारात्मक छलफल भएको  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।  बैठकमा मोर्चाका नेताहरुले न्यायाधिशहरुको नियुक्तप्रति आपत्ति जनाएका थिए । संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित नश्लीय प्रभुत्व कायम हुनेगरी न्यायाधिश नियुक्त गरिएको भन्दै आपत्ति जनाएको हो ।
 संविधान विपरित नश्लीय प्रभुत्व कायम हुने गरी बिहीबार मध्य रातमा न्यायाधिश नियुक्त भएकोमा घोर आपत्ति रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । बैठकमा मधेशी मोर्चासहितका संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकारसँग छुटै सहमति हुनुपर्ने प्रस्ताव समेत अघि सारेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी