×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो पाँच महिनामा महङ्गीको दर निकै कम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पछिल्लो पाँच महिनामा महङ्गीको दर निकै कम

Artha Sarokar

४ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौंको तापक्रम लगातार ओरालो लागेको समयमा आम मानिसको दैनिकीसँग जोडिएको उपभोक्ता मुद्रास्फीतिसमेत घटेको प्रतिवेदन सर्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्ष आवको मंसिर मसान्तसम्मको आर्थिक तथा मौद्रिक स्थितिको प्रतिवेदनअनुसार नेपालको उपभोक्ता मुद्रास्फीति दर ३ दमलव ८ प्रतिशतमा ओर्लिएको छ । 
उक्त मुद्रास्फीति दर गतवर्षको सोही अवधि र चालू आवको कात्तिक मसान्तको तुलनामा कम हो।  प्रतिवेदनअनुसार गत आवको सोही अवधिमा त्यस्तो उपभोक्ता मुद्रास्फीति ११ दशमलव ६ प्रतिशत थियो भने चालू आवको कात्तिक मसान्तमा समेत ४ दशमलव ८ प्रतिशत थियो । 
चालू आवमा उत्पादनमा वृद्धि भएका कारण अधिकांश खाद्यवस्तुको मूल्य घटेको, गतवर्षको तुलनामा आपूर्ति प्रणाली सहज भएको र सरकारले बजार अनुगमनलाई तीव्रता दिएकाले समग्र मुद्रास्फीति कम भएको राष्ट्रबैंकको विश्लेषण छ। यो समाचार आर्थिक अभियानबाट दैनिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी