×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुख्यमन्त्री ममता बनर्जीले भनिन -‘मोदी रावण हुन्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मुख्यमन्त्री ममता बनर्जीले भनिन -‘मोदी रावण हुन्’

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रावणसँग तुलना गरेकी छिन् । भारतीय मुद्रालाई विमुद्रीकरण गर्न थप प्रयास गरेमा मोदीलाई जनताले प्रतिबन्ध लगाउने उनले बुधवार बताइन् ।
भारतको केन्द्रीय बैंकअगाडि धर्नामा बसेका तृणमूल कंग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै ममताले मोदी सरकार विपक्षीहरूलाई चुप लगाउने आतंकवादी अभियानमा लागेको आरोप लगाइन् । मोदीको विरोध गरेका कारण आफूलाई विमान दुर्घटनामा पारेर मार्न खोजिएको उनले आरोप लगाइन् ।
आक्रामक भाषणका लागि परिचित ममताले मोदीलाई रावणसँग तुलना गरिन् । ‘चौडा छाती र कुम भएको धाक लगाउँछन् मोदीले, रावणको पनि त चौडा छाती थियो नि,’ उनले भनिन्, ‘अनि उनको दशवटा टाउको थियो । मोदीका पनि दशवटा टाउका छन्, कहिले के भन्छन् कहिले के र?’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: