×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनास्लु विकास बैंकको मुनाफा ८७.५३ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मनास्लु विकास बैंकको मुनाफा ८७.५३ प्रतिशतले बढ्यो

Artha Sarokar

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनास्लु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड सात लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ दशमलव ५३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मनास्लुले एक करोड ६३ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  
बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा गरेको प्रगतीले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । बैंकको खुद व्याज आम्दानी ६५ दशमलव ८६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७ प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २९ लाख रुपैयाँ रहेको खुद व्याज आम्दानी सात करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा दुई करोड ५७ लाख रुपैयाँबाट बढेर चार करोड ८१ लाख रुपैयाँ पुगेको छ । 
बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा उल्ले रुपमा बढेको छ । गग आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ५६ करोड ७४ लाख ४८ हजार रुपैयाँ रहेको मनास्लुको निक्षेप चालू आर्थिक वर्षको पुस मसान्तमा दुई अर्ब २४ करोड ५१ लाख २३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी एक अर्ब ३३ करोड ३५ लाख ६३ हजार रुपैयाँबाट बढेर एक अर्ब ९३ करोड ५७ हजार रुपैयाँ पुगेको छ । 
दोस्रो त्रैमासमा एक लाख १४ हजार रुपैयाँ खराब कर्जा उठाउन बैंक व्यवस्थापन सफल भएको छ । यसले पनि बैंकको खुद नाफा बढ्नमा मद्दत पुर्याएको देखिन्छ । त्यस्तै, बैंकको जगेडा कोष ७८ दशमलव ३९ प्रतिशतले बढेर छ करोड ४७ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ६८ प्रतिशत बढेर ३० करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा मनास्लु विकास बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य आठ सय ६६ दशमलव १९ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ ९९ पैसा र  तरलता अनुपात २९.९८ प्रतिशत रहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी