
मनास्लु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड सात लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ दशमलव ५३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मनास्लुले एक करोड ६३ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा गरेको प्रगतीले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । बैंकको खुद व्याज आम्दानी ६५ दशमलव ८६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७ प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २९ लाख रुपैयाँ रहेको खुद व्याज आम्दानी सात करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा दुई करोड ५७ लाख रुपैयाँबाट बढेर चार करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा उल्ले रुपमा बढेको छ । गग आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ५६ करोड ७४ लाख ४८ हजार रुपैयाँ रहेको मनास्लुको निक्षेप चालू आर्थिक वर्षको पुस मसान्तमा दुई अर्ब २४ करोड ५१ लाख २३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कर्जा लगानी एक अर्ब ३३ करोड ३५ लाख ६३ हजार रुपैयाँबाट बढेर एक अर्ब ९३ करोड ५७ हजार रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमासमा एक लाख १४ हजार रुपैयाँ खराब कर्जा उठाउन बैंक व्यवस्थापन सफल भएको छ । यसले पनि बैंकको खुद नाफा बढ्नमा मद्दत पुर्याएको देखिन्छ । त्यस्तै, बैंकको जगेडा कोष ७८ दशमलव ३९ प्रतिशतले बढेर छ करोड ४७ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ६८ प्रतिशत बढेर ३० करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा मनास्लु विकास बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य आठ सय ६६ दशमलव १९ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ ९९ पैसा र तरलता अनुपात २९.९८ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्