
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सको हकप्रद शेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ। फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो।
पुस ९ गतेसम्म दोस्रो बजारबाट शेयर किनेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। कम्पनीले ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद जारि गरेको हो।
शेयरमा आवेदन फागुन ११ गतेसम्म दिन पाइन्छ। कम्पनीको शेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड छ।
शेयर आवेदन एस क्यापिटलको लालदरबार कार्यालय, एस डिभलपमेन्ट बैंकका सबै कार्यालय, मञ्जुश्री फाइनान्सका सबै शाखा, त्रिबेणी विकास, गरिमा विकास र महाकाली विकास बैंकका सबै शाखाहरुबाट दिन सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्