Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको कमाईमा १७२ प्रतिशतको बढोत्तरी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौै – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कमाईमा उल्लेख्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। कम्पनीले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा १७२ प्रतिशतले खुद बढाएर ३ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत बर्षको यस अवधिमा लघुवित्तले १ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 
यस अवधिमा नेश्ननल माइक्रोफाइनान्सले १७ करोड ६४ लाख रुपैयाँ निक्षेप् संकलन गरी १ अर्ब ४ करोड सापटी लिई १ अर्ब १२ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा माइक्रोफाइनान्सले ६० करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो। 
यस अवधिमा माइक्रोफाइनान्सले ६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ५ करोड ९३ लाख रूपैयाँ संचालन मुनाफा गरेको छ। 
यस अवधिमा माइक्रोफाइनान्सको चुक्ता पुंजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ८ करोड ५९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा माइक्रोफाइनान्सको खराब कर्जा अनुपात १ दशमलब ४७ प्रतिशतबाट घटेर शुन्य दशमलब ६९ प्रतिशतमा झरेको छ। 
यस अवधिमा माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी करिब १०० प्रतिशतले बढेर ७५ दशमलब ५९ रुपैयाँ पुगेको छ। त्यस्तै प्रति सेयर नेटवर्थ १८५ दशमलब ९३ रुपैयाँ, सिसिडी रेसियो २९४ दशमलब २४ प्रतिशत रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK