
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेड (Manjushree Finance Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ३७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड ९१ लाख रुपैयाँ कमाएको थियो ।
२८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्स(MFIL) ले निक्षेपमा ३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ५२ दशमलव ३२ प्रतिशतले वृद्धि हो । जसबाट कर्जामा २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ४० दशमलव ४७ प्रतिशतले बढेर ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ६६ प्रतिशतले वढेर ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले प्रोभिजनमा १ करोड ३४ लाख रुपैयाँ राखेको छ ।
फाइनान्सको जोखिम युत्त सम्पत्ति १४ दशमलव ११ प्रतिशत रहेको छ भने निष्कृय कर्जा २ दशमलव ६३ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी १६ दशमलव ६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १८ दशमलव १६ रुपैयाँ र तरलता अनुपात २० दशमलव ७० प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्