
यति बेला बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएको चर्चाले बजार तातेको छ । यहि बेला बैंक तथा वित्तीय संस्थाले ‘रिपो’ मा भाग नलिएको चर्चा पनि चुलीमा छ । यस विषयमा विभिन्न बैंकर तथा नेपाल राष्ट्र बैंकका पधाधिकारीहरुको विभिन्न खाले भनाइ बाहिर आएका बेला ज्योति बिकास बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले खरो अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अहिलेको समस्या ‘रिपो’ नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन् । उनले पेट दुखेका बेला ज्वरोको औषधि दिएर नहुने अभिव्यक्ति दिएका छन् ।
कुरो तरलता र REPO मा BFIs ले भाग नलिनुको ।
‘तरलता अभाब भन्नाले अहिले बैकहरुले Deposit फिर्ता गर्न नसकेको या CRR default हुन लागेको होईन। बैकहरुलाई CCD को समस्या हो। बैकहरुलाई 80% CCD maintain गर्न समस्या भएको हो। यसको समाधान REPO होईन।पेट दुखेको मान्छेलाई जरोको औषधी दिएर हुँदैन नि !
समाधान कि त Govt. Expenditure बढ्नु पर्यो, कि Remittance flow बढ्नु पर्यो, कि Deposit growth हुने अरु कुनै measures आउनु पर्यो की त CCD 85% गर्नु पर्यो नि । समस्या credit growth र Deposit growth को Gap बढेर भएको हो। जुन पौष मसान्त पछि झन गार्हो हुदै जादैछ। Advance Tax Deposit गर अनी कर जति राष्ट्र बैकमा थुप्रिन्छ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्