
१.शेयर बजार घटिरहेकै छ, ठूला लगानीकर्ताहरु अझ चलाखीवालाहरुले शेयर बेचीसके पछि अझै बजार घटोस भनेर चलखेल गर्ने, शेयर ब्रोकर साथीहरु शेयर नकिनु नकिनु भन्ने। । बैंकमा तरलता अभाब भो लौ बरबाद हुन्छ भन्दै अत्याउदै जाने। अझै घटाएर किनौ भनेर साना लगानी कर्ताहरुलाई अत्याउन हालेको हालेई गर्ने प्रवृतीले बजार अझै घट्ला,शेयर अली अझै सस्तोमा किन्न पाउला फाईदा अझै 10-20% अरु बढ्ला तर बजारमा बिश्वास घट्छ।बजारको दाएरा साघुरिदै जान्छ। अब त धेरै कम्पनीहरुको Dividend Yield नै 7%, 8% भैसक्यो नी।बजारमा साना लगानीकर्ता र नयां लगानीकर्ताको आकर्षण र बिश्वास कायम राखिराख्ने जिम्मेवारी नी पुरा गरौ है।
२. नियमनकारी निकाय तथा जिम्मेवार सम्बद्द पक्षहरुको प्रमुख या मुख्य अधिकरीहरु जथाभाबी नबोलौ, policy को कुराहरु केहि छ या गर्नु पर्यो भने circular या guidelines बाट गरौ हरेक भेलामा या पत्रकार साथीहरुको जवाफमा नबौलो। पदको विश्वास र मर्यादा कायम राखौ। बढि अध्ययन र चिन्तन गर; कम बोलौ अनी केहि बोली नै हाल्यो भने गरेर देखाउँ।
३. बैकर साथीहरु अहिले तरलता अभाब छ। समय कठिन छ तर सधै नाफा नै कमाउनु पर्छ भन्ने हुदैन। ब्यबसायमा नाफा मात्र होईन कहिले कहि घाटा नी हुन्छ, बैकिड़अपबाद बन्नु पर्छ भन्ने छैन। 3,4 महिना अघी मात्रै फकाई फकाई लिएर आको कर्जाको ग्राहक लाई ब्याजदर 6-7% बाट 11%-12%-13% किन पुर्याको हँ? तरलता अभाब ग्राहकले ल्याईदेको होर? कि अनापसनाप प्रतिस्पर्धा गरेर call deposit को rate 12% अनी FD को rate 13-14% पुर्याईदियो उसले? तपाईहरुले लिएको unprofessional decision को penalty किन फकाई फकाई लिएको ग्राहकलाई लगाउने। जिम्मेवार हुनु पर्देन?? अहिलेको समय नाफा कमाउने होईन ग्राहक बचाउने हो। नाफा घट्यो भने पछि recover होला तर ग्राहक बिश्वास सकियो भने फर्किन गारो हुन्छ। desion गर्दा ग्राहक लिएर आएको RM ले ग्राहकलाई कसरि convince गर्छ होला सोचेर गरौ। बैकिड़ र बैकिड़ पेशाको बिश्वास र सम्मान कायम गरौ है। आत्तीनु पर्देन आगामी दिन सहज हुन्छन्।
४. सरकार र सम्बद्द निकायहरुलाई त मैले केहि भन्न छैन। सुधार्न केहि सकेनौ भने नि बिगार्न उद्धत नहोउ है; आउदो पिंढिले सराप्छ नत्र।
समस्यामा आत्तीने होईन संयमित हुनु पो पर्छ त त्यसैमा त व्यबसायिकता र विश्वास छ नी कायम गरौ है!!
जय होस्,शुभ होस्!!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्