
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घको आगामी २ वर्षका लागि ३५ सदस्यीय कार्य समिति चयन गर्दै शनिवार साधारणसभा सम्पन्न भएको हो । सङ्घको वाणिज्यतर्फको १५ सदस्य चयनका लागि मतदान भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले निर्वाचन परिणाम घोषणा गर्दै वाणिज्यमा प्रेमचन्द्र गोयल, तारा प्रसाद, श्यामसुन्दर रुङ्गटा, गोविन्दप्रसाद साह, सुरेशकुमार रुङ्गटा, दीपककुमार टिवडेवाल र मनोजकुमार शर्मा निर्वाचित भएको जानकारी दिए ।
त्यसैगरी, नवनीत अग्रवाल, रामनगिनाप्रसाद कानू, सुमनकुमार क्याल, नरेशकुमार अग्रवाल टिवडेल, माधव राजपाल, विकासकुमार क्याल, सिद्धार्थ धुरका र अनोज रुङ्गटा पनि वाणिज्यतर्फको सदस्यमा चुनिएका छन् । उद्योग, एसोसिएट र एफिलिएटतर्फ २० सदस्य यसअघि नै निर्विरोध भइसकेको निर्वाचन कार्यालयले बताएको छ । निर्वाचित सदस्यले पदाधिकारी चयन गर्ने अधिकृत खरेलले जानकारी दिए ।
भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले शुक्रवार एक समारोहबीच साधारणसभा उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री लेखकले वीरगञ्ज आर्थिक सम्भाव्यताको केन्द्र भएकाले यसको सदुपयोगमा सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने बताए ।
लक्षित आर्थिक विकासमा चुनौतिहरू रहेको भन्दै समाधानमा सहकार्य आवश्यक रहेको उनको धारणा थियो । ‘वीरगञ्ज सम्भावनाले भरिएको आर्थिक केन्द्र हो । केही समस्या भए समाधान गरेर अघि बढ्नु पर्दछ,’ उनले भने ‘सरकार निजीक्षेत्रसित सहकार्यका लागि तत्पर छ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारले राजस्व चुहावट नियन्त्रणका नाममा असल व्यवसायीलाई हतोत्साही तुल्याउने काम गरेको आरोप लगाए ।
सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य फर्मल्लाह मन्सुर, नेपाल उद्योग वाणिज्य महासङ्घका मध्यमाञ्चल संयोजक अरुण सुमार्गी, सङ्घका निर्वमान अध्यक्ष अशोकुमार वैद, पूर्वअध्यक्ष गेणश लाठ, उपाध्यक्ष ओमप्रकाश शर्मा, भारतीय महावाणिज्यदूत बीसी प्रधानलगायतले बोलेका थिए ।
सो अवसरमा सङ्घको संस्थागत विकास, आयातनिर्यात र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा कम्पनीलाई सम्मानितसमेत गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्