
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बुधबार मन्त्रीपरिषद्को बैठक बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो पटक दिएको स्पष्टीकरणबारे छलफल हुने एक मन्त्रीले बताएका छन्। पहिलो स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई बिहीबार दोस्रो स्पष्टीकरण सोधेको थियो।
ज्ञवालीले आइतबार सरकारलाई दोस्रो स्पष्टीकरण बुझाएका थिए। दोस्रो स्पष्टीकरण पनि चित्त नबुझेको भन्दै बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गर्न सक्ने ती मन्त्रीले जानकारी दिए।
ओली सरकारले नियुक्त गरेका ज्ञवालीलाई हटाएर नेपाली काँग्रेस निकट डा। गोबिन्द पोखरेललाई नियुक्त गर्ने सरकारको तयारी छ। हरेक हप्ता बिहीबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने गरेपनि यसपटक बुधबार नै प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्