×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारदेखि आत्तिनुभएको छ ? यस्तो छ दिलिप मुननकर्मीको सुझाव :

PRIME CA

बजारदेखि आत्तिनुभएको छ ? यस्तो छ दिलिप मुननकर्मीको सुझाव :

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • दिलिप मुननकर्मी

हुनतः मैले पहिलेदेखिनै हाेल्ड गर्न अनुराेध गरेकाे हाे । केही साथीले मेराे सुझाव मनन गरेर घाटा सहेर पनि हाेल्ड गर्नु भएकै हाे । मैले पनि हाेल्ड गरेकै हाे । हिजाे र अाजकाे बजारले धरैलाइ ठूलाे भर्चुअल घाटा भएकाे छ । अात्तिएर पहिले बेच्ने बढी वुद्धिमानी हाे की जस्ताे लागेकाे छ र कतै मैले गलत सल्लाह पाे दिएँ की भन्ने पनि अाशंका लागेकाे छ । तर एउटा कुरामा म ढुक्क छु, विगत मंसिरदेखि बजारलाइ विभिन्न उपाय लगाएर बजार घटाउने प्रयास भएकै छ । हिजाे अाज पनि भएकै हाे ।

जाे साथी निकै अात्तिनु भएकाे छ, एकपटक अाफ्नाे लगानी पुनरावलाेकन गर्नुस, निकै शंकास्पद वा बजारमूल्यमा बवल देखिने शेयर भए घाटै भए पनि बेच्नुस र राम्राे कम्पनीकाे शेयर किन्नुस चाहे महंगाे नै किन नहाेस् । यति चाहि अवश्य हेर्नुस की कम्पनीले लाभांस देअाेस र व्यवस्थापनमा शंकास्पद व्यक्ति नहाेस । बजारमा निकै डर लागे घाटा खाएर पनि बाहिरिनुस, याे जाेखिमपूर्ण बजार हाे । यहाँ तपाइले बुल वा वियर दुवै अवस्थामा कमाउने घाटा नै हाे । यहाँ कमाउन पहिले बजारमा टिक्न सक्नु पर्छ, अाँट चाहिन्छ र सँगसँगै धैर्यता ।
बजार दुर्गाजी ले भनेजस्ताे १२०० मुनि त के १०० मा पनि अाउन सक्छ, तर कम्पनी र बजारमा विश्वास राखेर लगानी गर्ने हाे । अाज १२ प्रतिशत व्याजकाे लाेभले अाेरियण्टलकाे हालत नहाेस् कम्पनी बन्द नहुँदासम्म र प्रतिशेयर सम्पति राम्राे हु्ँदासम्म नेप्से शुन्य भएपनि केही फरक पर्दैन । अहिले हामी शेयरकाे मुल्य महंगाे भन्छाैं हेर्नुस त तपाइले ४०० मा किनेकाे प्रतिशेयर सम्पति कति छ ? पक्कै १००० घटि छैन हाेला । यसाे भन्दैमा अाफ्नाे अवस्थालाइ चाहि नविर्सनु, ज्यान रहे हजार भनेजस्ताे हाे । तर नेप्सेसँग नडराउनु । त्यति हाे ।
बजारकाे अहिलेकाे अवस्था पुँजी वृद्धि, लगानीयाेग्य रकमकाे अभाव, भारूकाे प्रतिवन्ध र केही चलखेलले भएकाे हाे, वियरिस अवस्थामा पुगेकाे हाेइन । नेपालकाे अहिलेकाे अर्थतन्त्र र अागामी दिन निकै सुखद छन्, विजुली पाएका छाैं, जिडिपिकाे वृद्धि उच्च करिव ६.५ हुनेछ, तामाकाेसीकाे काम सकिन लागेकाे छ, बजार जति नै नराम्राे भने पनि सुधारकाे प्रयास जारी छ । यस्ताे अवस्थामा हामी वियरिसकाे कुरा गर्छाै भने अरूले हाेइन हामीले नै बजारलाइ सिध्याउने छाैं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: