- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा मर्जमा जाने भएपछी दूई बैंकले स्वाप रेसियो तय भएको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच स्वाप रेसियो १०० बराबर ९५ तय गरिएको छ ।
मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने समेत बुझिएको छ । हाल ४ अर्ब १ करोड चुक्ता पूँजी भएको मेगा रुपैयाँ रहेको छ । त्यस्तै टुरिजम डेभलपमेन्टको हाल ९१ करोड ९७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।