×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द्वन्द्वमा विस्थापित भएका बैङ्क पुनःस्थापना गर्न अर्थ मन्त्रालयको निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

द्वन्द्वमा विस्थापित भएका बैङ्क पुनःस्थापना गर्न अर्थ मन्त्रालयको निर्देशन

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार संम्वाददाता 

काठमाडौं – द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैङ्कका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सरकारी बैङ्कलाई निर्देशन दिएको छ ।
हालसम्म पनि अपेक्षितरुपमा शाखा पुनःस्थापना नभएको भन्दै मन्त्रालयले राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लि। र कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई बिहीवार मन्त्रालयमै बोलाएर निर्देशन दिइएको हो । अर्थसचिव डा शान्तराज सुवेदीले तीनओटै बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई मन्त्रालयमा बोलाएर द्वन्द्वमा विस्थापन भएका बैङ्क शाखा पुनःस्थापना गर्न निर्देशन दिएको अर्थमन्त्रालयले बताएको छ ।
जनतालाई दुर्गम तथा पछाडि परेका क्षेत्रमा वित्तीय सेवा पुर्याउने संस्थाले सुगम र सहर केन्द्रित भएर सेवा प्रदान गर्दा सरकारको सबै जनतालाई बैङ्क तथा वित्तीय सेवा पु¥याउने र ‘एक व्यक्ति एक बैङ्क खाता’ नीति कार्यान्वयनसमेत कठिन हुने देखिँदा बैङ्क शाखा तत्काल पुनस्र्थापना गर्न सचिवले सुवेदीले निर्देशन दिएका हुन् ।
आवश्यकताअनुसार थप शाखा विस्तार गर्न, मोबाइल बैङ्कका माध्यमबाट सेवा उपलब्ध गराउन एवम् सहरमा विद्युतीय प्रणालीमार्फत अनलाइन भुक्तानी प्रणाली लागू गर्नसमेत निर्देशन दिएको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए ।
सचिव सुवेदीले बैङ्क शाखाहरु पुनःस्थापना गर्दा तीनैवटा बैङ्कले समन्वय गरी जनताको माग, व्यावसायिक कारोबार एवम् सेवा विस्तार समेतलाई ध्यानमा राखी दोहोरो नपर्ने गरी स्थापना गर्न निर्देशन दिए । द्वन्द्वको समयमा नेपाल बैङ्क लिमिटेडका ९०, राष्ट्रिय वाणिज्य बैङ्कका एकसय आठ र कृषि विकास बैङ्कका ७५ गरी दुईसय ७३ बैङ्क शाखा विस्थापित भएका थिए ।
हालसम्म नेपाल बैङ्क ३०, राष्ट्रिय वाणिज्य बैङ्कका ५१ र कृषि विकास बैङ्कका ७० गरी एकसय ५१ बैङ्क शाखा पुनःस्थापना भएको पनि अर्थमन्त्रालयले बताएको छ । निर्देशनपछि ती बैङ्कका प्रमुख कार्यकारी अधिकृतले त्यसका लागि बैङ्कले प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: