
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मौसमको पूर्वजानकारी दिन दाङका किसानलाई ‘किसान सिमकार्ड’ वितरण गरिँदै छ । जिल्लामा सञ्चालित जलवायु समुत्थान निर्माण परियोजनाअन्तर्गत मोबाइलमै किसानलाई कृषिसम्बन्धी जानकारी एवम् मौसमको पूर्वजानकारीका लागि मोबाइल सिमकार्ड वितरण गर्न लागिएको हो ।
कृषिसम्बन्धी गतिविधि र बदलिँदो मौसमको पूर्वजानकारी दिने उद्देश्यले यो सिमकार्ड वितरण गर्न लागिएको हो,’ परियोजना अधिकृत डा। अन्नत कोइरालाले भने, ‘यो व्यावसायिक किसानहरूका लागि मात्रै हो ।’
नेपालका विभिन्न २५ जिल्ला यो परियोजना सञ्चालनका लागि छनोट गरिएका छन् । तीमध्ये ११ ओटा जिल्लामा यो कार्यक्रम शुरू भइसकेका छन् । साथै, बाँकी जिल्लामा सञ्चालनको तयारी भइरहेकाले यस वर्षदेखि दाङमा पनि उक्त सुविधा विस्तार हुने कोइरालाले बताए । दाङसहित २५ जिल्लाका लागि ५५ हजार किसान सिमकार्ड वितरण गर्ने तयारी भइरहेको छ ।
दाङमा नेपाल टेलिकमसँगको समन्वयमा किसान सिमकार्ड वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले जानकारी दिए । यो सिमकार्डबाट किसानले कृषिका साथै मौसमसम्बन्धी जानकारी पाउनेछन् । यो प्रविधिबाट मौसम खराब हुने वा राम्रो हुने करीब १ साताअघि नै जानकारी आउने र त्यसैअनुसार किसानलाई सजगता र पूर्वतयारीका लागि सजिलो हुने कृषि कार्यालयले बताएको छ ।
यसरी किसानले मोबाइलबाटै मौसम तथा कृषिसम्बन्धी जानकारी जानकारी प्राप्त गरेपछि उनीहरूलाई कृषि योजना निर्माण गर्नसमेत सजिलो हुने कृषि कार्यालय प्रमुख शर्माले बताए । ‘यो प्रविधि किसानका लागि अत्यन्तै महŒवपूर्ण र उपयोगी छ । मोबाइलबाटै मौसमको जानकारी पाएपछि किसानले आफ्नो बारीमा लगाएको खेती क्षति हुनबाट बचाउन सक्छ,’ उनले भने, ‘१ सातापछि पानी पर्दै छ भन्ने पूर्वसूचना पायो भने कृषकले आफ्नो तयारी पहिले नै गर्न पाउँछ ।’
जिल्लामा पहिलोपटक भित्रिएको यो प्रविधि सम्बन्धित निकायले साँच्चिकै किसानमुखी बनाउन सक्यो भने यहाँको कृषि व्यवसायमा सघाउ पुग्ने दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले बताए । ‘यो प्रविधि जिल्लाका लागि अत्यन्त नयाँ प्रविधि हो,’ उनले भने, ‘यसलाई साँचिकै किसानमुखी बनाउन सकियो भने सम्बन्धित निकायको लक्ष्य पनि पूरा हुन्छ अनि किसानहरूलाई पनि फाइदा पुग्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्