
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ललितपुरमा जारी मोबाइल एक्स्पो सोमबारदेखि फोरजी लक्षित हुने भएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको रुची देखाएपछि आयोजकले भोलिदेखि फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गर्ने योजना अघि सारेको हो ।
मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले भोलिदेखि फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गर्ने जनाएको छ । गत महिनादेखि पोष्टपेड मोबाइलमा शुरु भएको र यहि माघ २२ देखि प्रिपेड मोबाइलमा पनि संचालन हुन लागेको फोरजी प्रविधिका विभिन्न फोनहरु एक्स्पोमा राखिएको छ ।
पछिल्लो प्रविधि फोरजी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्नेगरि सोमबारदेखि फोरजीमय एक्स्पोको घोषणा गरिएको हो । सोमबारदेखि महोत्सवमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु छुटसहित बिक्री गरिने आयोजकले जानकारी दिएका छन् ।
ललितपूर कम्प्लेक्समा जारी एक्स्पोमा पछिल्लो समयका चर्चित स्मार्टफोनहरु राखिएका छन् ।
एक्स्पोमा अहिलेका चर्चित स्मार्टफोनहरुमध्येको एक ह्वावेको जीआर५ २०१७ राखिएको छ । यस्तै सामसुङको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ ।
यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोन पनि एक्स्पोमा राखिएका छन् । यि सबै सेटहरुमा फोरजी प्रयोग गर्न सकिन्छ ।
कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा छुटका साथै विभिन्न उपहारहरु पनि दिने जनाएका छन् ।
ग्राहकहरुले विशेष गरी फोरजी चल्ने फोनको बारेमा धेरै नै सोधपुछ गरेको कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ,’ उनले भने, ‘चाइनिज फोनहरु पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु चाइनिज फोनमा आकर्षित भएका हुन् ।’
कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल महोत्सवमा सोमबारदेखि थप छुट दिइने छ । नियमितरुपमा कम्प्लेक्समा मोबाइल तथा एसेसरिज खरिद गर्ने ग्राहकहरुलाई पनि मोबाइल खरिदमा थप छुटको घोषणा गरिएको हो । माघ १४ गतेदेखि सुरु भएको एक्स्पो माघ २२ गतेसम्म चल्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्