×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अल्टिमेट मोडल नेपालको उपाधी महेश र सम्झनालाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अल्टिमेट मोडल नेपालको उपाधी महेश र सम्झनालाई

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  क्रिजोना मिडिया ग्रुपले आयोजना नेपाल टेलिकम मुख्य प्रायोजन तथा नेपाल वायुसेवा निगमको साथमा सम्पन्न ‘अल्टिमेट मोडल नेपाल’ २०१६ को पहिलो संस्करणमा १३ पुरुष र ९ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ महेश महरा र महिलातर्फ सम्झना तमाखुले अल्टिमेट मोडल नेपालको उपाधी जित्न सफल भएका छन् भने रोहन महरा र मन्जु खड्का फ्रस्ट रनर्स अप तथा किरण श्रेष्ठ र सुमी बानियाँ सेकेन्ड रनर्स अप घोषित भएका छन् ।
बिहिबार साँझ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ७, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ रयाम्पमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट फिजिक बिधाको उपाधी महेश महरा, बेष्ट फिगर हिरा राई, मोस्ट ह्यान्डसम रोहन महरा र मोस्ट ब्यूटिफुल बिधाको उपाधी सुमी बानियाँले हात पारेका छन् । त्यसैगरि मोस्ट ट्यालेन्टेडको उपाधी युवराज रिसाल र स्मृती सापकोटा, पब्लिक च्वाइस अवार्ड महेश महरा र मन्जु खड्का, नेपाल टलिकम मल्टमिडिया च्वाइस अवार्डमा स्मृती सापकोटा र किरण श्रेष्ठ, बेष्ट पर्सनालिटीमा बबिन बज्रचार्य र सम्झना तमाखु, मोस्ट फोटोजेनिकमा भुवन श्रेष्ठ र सबिता बल, बेष्ट वाकमा बबिन बज्रचार्य र सम्झना तमाखु विभिन्न विधाहरुमा अवार्ड हात पार्न सफल भएका छन् ।
सनिस शाक्य र सोनी खड्काको कोरियोग्राफीमा कुल २२ जना प्रतियोगीहरुलाई प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन प्रिन्स गुप्ताले गरेका थिए भने मोडल संयोजन निक भुजेल र विधाइका कोइरालाले गरेका थिए । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘अल्टिमेट मोडल नेपाल’ लाई अझै भब्य बनाउन क्रिजोना मिडिया ग्रुपले ‘अल्टिमेट मोडल नेपाल’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक लभिन अन्सारीले बताए ।

फोटो सौजन्य :  उज्वल प्याकुरेल 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: