×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँदर समात्नेलाई जागीर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बाँदर समात्नेलाई जागीर

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – पछिल्लो समय नेपालमा मात्रै नभएर विश्वका कयौं देशमा बेरोजगारी जनसङ्ख्या बढिरहेको छ । नियमित तलब पाइने जस्तो भए पनि काम गर्नु हुन्थ्यो भनेर कयौं मानिस काम खोजिरहेका छन् । हाम्रै छिमेकी देश भारतमा भने बाँदर समातेर बुझाउनेलाई जागीर दिने घोषणा गरिएको छ ।
 भारतको राजधानी दिल्लीस्थित दक्षिण दिल्ली नगर निगमले बाँदर समात्नेका लागि भने ‘मङ्की क्याचर’ पदकै सृजना गरेको छ । सो पदमा काम गर्नेलाई मासिक १८ हजार रुपया तलब दिइनेछ ।
शुरुमा नगर निगमले बाँदर समात्ने कार्यलाई प्रोत्साहित गर्न प्रतिबाँदरका दरले पैसा दिने विज्ञापन नै जारी गरेको थियो । तर, सो योजना सफल नभएपछि जागीर नै दिने निर्णय गरिएको हो । बाँदर र भुस्याहा कुकुरका कारण समग्र दिल्ली र दिल्लीबासी दिक्क बनेका छन् ।
 त्यहाँ सडकमा रहेका बेबारिसे एवम् भुस्याहा कुकुर समात्न केही सङ्घसंस्थाहरु नै लागिपरेका छन् । तर, बाँदर समात्नका लागि भने कुनै सङ्घसंस्था खटिएका छैनन् । बाँदर आतङ्क नियन्त्रण गर्न कठिन भएपछि जागीरको उपाय निकालिएको हो । नगर निगमले शुरुमा बाँदर समातेर ल्याउने मानिसलाई प्रतिबाँदर ८ सय रुपया दिने बताएको थियो ।
त्यति रकम दिने घोषणा गर्दासमेत त्यस्तो व्यक्ति पाउन मुस्किल भएपछि सो रकम बढाएर १ हजार २ सय रुपया पुर्‍याइएको थियो । तर, यति हुँदासमेत मानिसहरु बाँदर समात्न अनिच्छुक रहेको पाइएको थियो । नगर निगम आयुक्त डा। पुनित गोयलले सन् २०१७ को अप्रिल १ देखि शुरु हुने नयाँ आर्थिक वर्षको बजेटमा जागीरको प्रस्ताव पेश गरेका छन् ।
 निगमको चार क्षेत्रमा ६÷६ जनाका दरले मङ्की क्याचर राखिने निगमका एक अधिकारीले बताएका छन् । यसअघि बाँदर आतङ्कबाट दिक्क भएर नयाँ दिल्ली नगर निगमले पनि बाँदरलाई तर्साएर भगाउन बाँदरकै आवाज निकाल्न सक्ने मानिसलाई भर्ती गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: