×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमआरपीको निहुँमा कसले पार्यो लाखौं युरो झ्वाम ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमआरपीको निहुँमा कसले पार्यो लाखौं युरो झ्वाम ?

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

देशभित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु,  राम्रो अबसरको खोजी गर्नेहरु अन्य बिकसित मुलुकतिर परदेशिने क्रम बढ्दो छ । यही क्रमसंगै ९० को दशकपछि पोर्चुगल पनि नेपालीहरुका लागि राम्रो गन्तब्य बन्दै आइरहेको छ । बिस्तारै नेपालीहरु विभिन्न देशहुँदै पोर्चुगल आउने क्रम बाक्लिँदै गैरहेको बेला नेपाली राजनीतिक, सांस्कृतिक अनि सामाजिक गतिबिधिहरु पनि बढ्दै गैरहेका छन् । यहाँ नेपालीहरुको बाक्लो उपस्थितीसंगै विभिन्न राजनीतिक संँघ, संगठनहरुको भातृ संस्थाहरुदेखि जातीय, भौगोलिक तथा अन्य गतिविधिको लागि बिभिन्न संघसंस्थाहरु प्रशस्तै खोलिएका छन् । 
यसरी नेपालीहरुको बाक्लै उपस्थिति भैसक्दा पनि आजसम्म पोर्चुगलमा यति नै नेपाली छन् भनेर कुनै निकायले ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । तर पनि पोर्चुगलबासी सर्बसाधरणको अनुमानमा करिब १० हजारको हाराहारीमा नेपालीकाृे संख्या पुगिसकेको छ । बैधानिक रुपमा कागज बनाउनकै निम्ति पनि दिन प्रतिदिन विभिन्न मुलुकहरुबाट नेपालीहरु पोर्तुगल भित्रिने क्रम जारी छ । दुखको कुरा यतिधेरै नेपालीहरु भैसक्दा पनि पोर्चुगलमा नेपाली दुताबासको स्थापना हुन सकेको छैन । त्यसकारण पनि यहाँ रहेका नेपालीहरुका लागि फ्रान्सस्थित नेपाली दुताबास धाउनु पर्ने असहज अवस्था छ । नेपालमा पनि पोर्चुगल दूताबासको लागि दिल्ली धाउनु पर्ने बाध्यात्मक अवस्था छ । यसले गर्दा पोर्तुगलमा रहेका नेपालीहरुले सधै निकै हैरानी खेप्नु परि रहेको छ । 
हुन त अघिल्लो बर्षमात्र लिस्बनमा खोलिएको कन्सुलरको कार्यालयले केही सहज महसुस गरिएको छ । अब कुरोको चुरो तिर लागौं । पोर्चुगल रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको एमआरपी बनाउनु नै हो  । बैधानिक भएकाहरु र छुट्टी मिलार नेपाल जानेहरुले त मौकामा नेपालतिरै एमआरपी बनाएर फर्किए । या फर्किनेछन्त । तर अबैधानिक, नेपाल जान नपाउने र जान नसक्नेहरुको लागि फ्रान्सस्थित नेपाली दुताबास नै धाउनु पर्ने बाध्यता हुन्छ ।  एमआरपीको निम्ति एनआरएन पोर्चुगलले फ्रान्सस्थित नेपाली दुताबास र पोर्चुगलस्थित नेपाली समुदायको बीच काम गर्दै आइरहेको एउटा उदारणीय राम्रो पक्ष छ । अर्को नराम्रो पक्ष भनेको धन देखेपछि महादेवको तीन नेत्र भनेझैं बिना हिसाब १० यूरो प्रत्येक ब्यक्तिबाट झ्वाम हुनु हो, यहाँनिर मैले झ्वाम भन्ने शब्द नै प्रयोग गर्न मन पराएँ ।
यदि कहीँ, कुनै, केही हिसाब देखिँदैन भने झ्वाम नै हो । एमआरपी बनाएबापत नेपाल सरकारलाई प्रत्येक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ  । थप १० युरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्येक व्यक्तिको ठेगानामा नया एमआरपी पोस्ट गर्ने व्यवस्था फ्रान्सस्थित नेपाली दुताबासले गरेको छ । एनआरएन पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्वबापत १२० यूरो, फ्रान्सस्थित नेपाली दूताबासबाट नयाँ एमआरपी पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो, पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दुताबास पुर्याउन १० यूरो गरी जम्मा १४५ यूरो उठाउने गरेको छ । फेरि नयाँ एमआरपी आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरिेएको छ ।
 यसरी यो हिसाबमा एनआरएन पोर्चुगलले एमआरपी ल्याई पुर्याउँदा फ्रान्सस्थित नेपाली दूताबासले एमआरपी पोस्ट गर्न लिएको १० यूरो कहाँ जान्छ ? १० हजार नेपाली भएको ठाउँमा प्रत्येक ब्यक्तिबाट १० यूरो झ्वाम पार्नु भनेको सानो रकम पक्कै होइन । यसरी बेहिसाब जनताको पसिना झ्वाम पार्ने फ्रान्सस्थित नेपाली दूताबास हो कि एनआरएन पोर्चुगल हो ? यसको जवाफ सबन्धित निकायले तुरुन्त दिनै पर्दछ । यदि दिन सक्दैनन् भने एनआरएन पोर्चुगललाई नेपाली जनतासँग राजश्व उठाउने अधिकार कसरी, कुन कानुन अनुसार, कसले दियो ? त्यसको पनि खोजी गर्नुपर्ने दिन आउला । 
अहिलेको समयमा नेतृत्व गर्नेहरु भन्दा नेतृत्व दिनेहरु धेरै बुज्रुग छन्् । अझै युरोपसम्म आइपुगेका हामी नेपाली पक्कै लाटा होइनौ । बरु बाध्यतामा पिल्सिएका छौंं । हो त्यही बाध्यताको फाइदा उठाउँदै यसरी झ्वाम पारेको रकम खै कहाँ छ ? १० हजार नेपाली रहेको ठाउँमा प्रत्यक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको रकम अबस्य पनि सानो हुँदै होइन । यति बेला देश महामारीमा परेको छ । यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात् महाभुकम्प पिडितहरुका लागि राहतको रुपमा उपलब्ध गराएको भए धन्य हुनेथियो । सम्बन्धित निकायको ध्यान त्यतातिर जावोस् । 
  • अर्थ संसार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: