
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – माघे सङ्क्रान्ति अर्थात माग १ गतेलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक निर्माण समितिले हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ ।
यहाँ शुक्रवार साँझदेखि भोलि दिनभर मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले बताएको छ । सो सडकको विभिन्न स्थानमा पुनर्निर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ ।
निर्माणाधीन सडक आगामी बैशाखमा सक्ने लक्ष्य छ । विश्व बैङ्कको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तरगत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ । उक्त आयोजनाको लागत रू। दुई अर्ब ९० करोडको छ ।
तीन चरणमा छओटा निर्माण कम्पनीले काम गरिरहेको छ । यो सडक साढे ९ देखि साढे ११ मीटरमा विस्तार हुनेछ । अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशतमात्रै काम भएको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए ।
देवघाट पुलमा एक पटकमा एक सयजना मात्रै प्रवेश
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी यहाँ रहेको पुलमा एकपटकमा करीब एक सयजनालाई मात्रै प्रवेश दिइने भएको छ ।
त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए ।
मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशुली र कालीगण्डकी नदीको सङ्गम त्रिवेणमा माघेसङ्क्रान्ति मेला लाग्छ । मेलाको तयारी पूरा भएको देवघाट क्षेत्र विकास विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्