×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथको एक लाख १३ हजार कित्ता सेयर लिलामीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मुक्तिनाथको एक लाख १३ हजार कित्ता सेयर लिलामीमा

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मुक्तिनाथ विकास बैंकको एक लाख १३ हजार ६६०।७५ कित्ता सेयर बुधबारदेखि लिलामीमा बिक्री खुला भएको छ । बैंकले एक लाख तीन हजार १६७।२५ कित्ता सर्वसाधारण समूह र १० हजार ४९३।५ कित्ता संथापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
 लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्य तोकी त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद माघ १९ गतेसम्म तोकिएको छ । 
हकप्रद निष्कासन गर्दा बिक्री नभएका सेयर मुक्तिनाथले यतिबेला लिलामीमा बिक्री खुला गरेको हो । यसअघि मुक्तिनाथले असोज २१ देखि कात्तिक २५ गते सम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । मुक्तिनाथ विकास बैंक लिमिटेड पृथ्विचोक पोखरा तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
टेन्डर माघ २१ गते दिउसो ३ बजे एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौमा खोलिनेछ । चालु आर्थिक वर्षको दास्रो त्रैमासमा मुक्तिनाथले २२ करोड ३२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 चुक्ता पुँजी एक अर्ब ५३ करोड १३ लाख ५० हजार रुपैयाँ रहेको यो बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १५ पैसा ९बार्षिकीकरण० छ । प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ५८ पैसा पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: