×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीका होटलमा २ अर्बभन्दा बढी लगानी , पर्यटकीय आगमन बढ्न थालेपछि होटलको संङ्ख्यासमेत वृद्धि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म्याग्दीका होटलमा २ अर्बभन्दा बढी लगानी , पर्यटकीय आगमन बढ्न थालेपछि होटलको संङ्ख्यासमेत वृद्धि

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – म्याग्दीका पर्यटकीय होटलमा २ अर्बभन्दा बढी लगानी भएको छ । पर्यटक आगमन बढ्न थालेपछि राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरिलाई समेटेको पर्यटकीय जिल्ला म्याग्दीमा होटलको सङ्ख्यासमेत वृद्धि भएर १ सय २० ओटा पुगेको छ ।
२ वर्षअघि पर्यटक लक्षित ८७ ओटा होटल रहेको म्याग्दीमा २ वर्षको अवधिमा ३३ ओटा नयाँ पर्यटक लक्षित होटल थप भएका हुन् । यी सबै होटलमा गरी २ अर्बभन्दा बढीको लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले बताएको छ ।
म्याग्दीको सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङ तातोपानी, सिङ्गा, दानालगायत ठाउँमा सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक पर्ने खाना, सुविधाजनक बास, इमेल इण्टरनेटको सुविधा, तातोरचिसो पानीलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ ।
वार्षिक ३० हजार जनाको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ सालयता १ सय २० होटल दर्ता भएको र अन्य होटल पनि खुल्ने क्रम जारी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अध्यक्ष लीलाराम गौतमले बताए ।
गौतमका अनुसार म्याग्दीका होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रू। २ लाख २८ हजार ९ सय राजस्व सङ्कलन गरेको छ । म्याग्दीमा १ लाखदेखि ८ करोड रुपैयाँभन्दा बढी लगानी रहेका होटल खुलेका र म्याग्दीका सबैजसो गाउँमा खानेबस्ने सुविधा भएका होटल रहेको होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष गोपाल पौडेलले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: