
काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ। बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमले ५६ सिट क्षमताको विमान आन्तरिक उडानका लागि ल्याएको हो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
निगमले यसअघि नै चीनबाट दुईवटा विमान ल्याइसकेको छ। चीनमा निर्मित एमए-६० र वाई १२ ई विमानले व्यावसायिक उडान भरिरहेका छन्। तर, निगमले दुवै विमानको उडानमा घाटा सहँदै आएको छ। आन्तरिक उडानमा घाटा सहेरै भए पनि निगमले चीनबाट तेस्रो विमान भित्र्याएको हो।
निगमले विमान ल्याउन एक साताअघि नै अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचन र इन्जिनियर पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन पठाएको थियो। अर्को १८ सिट क्षमताको वाई १२ विमान शनिबारसम्म नेपाल आइपुग्ने निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले बताए। निगमले बाँकी दुईवटा वाई १२ विमान ६ महिनाभित्र ल्याउने भएको छ।
एमए-६० विमानको कलसाइन नम्बर नाइन एनएकेआर पाएको छ। विमानले छिट्टै आन्तरिक उडान सुरु गर्ने निगमले जनाएको छ। दुई विमान भित्रिएपछि निगमसँग आन्तरिक तथा वाह्य उडानका लागि एउटा बोइङ, दुईवटा एयरबस, दुईवटा एमए-६०, दुईवटा वाई १२ ई र एउटा ट्विनअटर जहाज हुनेछ। एउटा बोइङ र ट्विनअटर विमान ग्राउन्डेड छन्।
चिनियाँ विमानले घाटा
चिनियाँ विमानकै कारण निगमले आन्तरिक उडानमा घाटा बेहोर्दै आएको छ। निगमलाई गत आर्थिक वर्षमा आन्तरिक उडानबाट ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो। निगमले अन्तराष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडान सेवा सञ्चालन गरिरहेको छ। चिनियाँ जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने भएकाले घाटा बढेको हो।
निगमका अनुसार चिनियाँ विमान वाई १२ ले गत आवमा जम्मा एक सय दुईवटा उडान गरेर ६ सय २२ यात्रुलाई सेवा दिएको छ। यो वायुसेवाले चालू आवको पहिलो चार महिनामा जम्मा ८५ उडान गरेर दुई सय ९५ जना यात्रु बोको छ। एमए ६० ले गत वर्ष नौ सय ६ वटा उडान गरेर २० हजार नौ सय यात्रुलाई सेवा दिएको थियो। यो वर्षको चार महिनामा तीनसय सात उडानबाट पाँच हजार नौ सय यात्रुलाई सेवा दिएको उल्लेख छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्