Skip to content
LAXMI SUNRISE BANK

वर्तमान नेपालका नायक पृथ्वीनारायण शाह नै हो : उपराष्ट्रपति पुन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक बताएका छन् । ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले पृथ्वीनाराणकै कारण अहिलेको नेपाल सम्भव भएको भन्दै उनको सम्मानमा पुुष २७ गते सार्वजनिक विदा दिनुु उत्तम हुने बताए ।
राप्रपाले पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो । राप्रपाको निमन्त्रणपछी उनले सो कार्यक्रममा सहभागी हुने विषयमा सरकार र राष्ट्रपतिसंग परामर्श गर्ने बताएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK