×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाङ्गो साबुनको राजनीति : विज्ञापनका नाममा स्वदेशी कम्पनी सिद्याउने खेल, मिडिया बिकेको उद्योगीको आरोप

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नाङ्गो साबुनको राजनीति : विज्ञापनका नाममा स्वदेशी कम्पनी सिद्याउने खेल, मिडिया बिकेको उद्योगीको आरोप

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

केहि दिनअगाडी नेपालका ठुला पत्रिकाहरुमा ज्याकेट कभरमा एउटा विज्ञापन देखियो । त्यो पनि सबैजसो पत्रिकामा । शीर्षक थियो, ‘कतै तपाईको नांगो साबुनमा बोसो त छैन?’ साबुनमा बोसोनै भएको ‘ग्राफिक्स’ बनाएर उक्त विज्ञापन सबैजस्तो पत्रिकामा छापियो । करोडौं बराबरको खर्च गरेर गरिएको उक्त विज्ञापनले नेपाली कम्पनीमाथि धावा बोलेको खुलासा भएको छ ।  
यसकारण बोलियो धावा !
उद्योगीका अनुसार साबुनमा केहि मात्रामा बोसो हुनु असामान्य होइन ।’बुनको कच्चा पदार्थको रुपमा बोसोको प्रयोग विश्वव्यापी रुपमा स्वीकृत छ भने सरकारले पनि बोसो आयातमा रोकतोक लगाएको छैन । यस्तो अवस्थामा लुगा धुने साबुनमा बोसो हुन्छ भनेर उपभोक्तालाई आतंकित पार्ने विज्ञापन कहाँबाट, कसले दियो?’ उद्योगीहरुले गुनासो पोखेका छन् । स्वदेशी साबुनसँग प्रतिष्पर्धा गर्न नसकेर यस्तो अफवा फैलाइएको उद्योगीहरुको दावी छ ।  
नियोजित रुपमा उपभोक्ता भड्काइयो : उद्योगी 
‘साबुनमा प्रयोग हुने कच्चा पदार्थ बोसो झनै प्राकृतिक हुन्छ । बोसो नभएको साबुन भन्दै स्वास्थ्यमा प्रतिकुल असर गर्ने केमिकलयुक्त साबुन बनाउनेहरुले यस्तो अफबाह फैलाईरहेका छन् । सरकार यसमा चुप बस्नु राम्रो होइन ।’  अर्का एक उद्योगीले अर्थसरोकारसँग भने । उनका अनुसार बोसोको प्रयोग औषधिमा पनि हुन्छ । ‘पहुँचका आधारमा मिडियालाई दुरुपयोग गर्ने काम भएको छ ।  नाम नै नभएको साबुनलाइ जनहितका नाममा यसरी बिज्ञापन दिने अधिकार कसले डियो ?’ उनले थपे । साबुनमा लेबल, प्याकेजिङजस्ता सामान्य मापदण्ड त हुनैपर्ने हुन्छ ।  तर बोसोको राजनीति नबुझेका सोझा उपभोक्ताहरुलाई यस्तो विज्ञापनले भ्रममा पारीरहेको छ ।’ उनले भने ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: