×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वियरिष्ट ट्रयापमा लगानीकर्ता, किन घट्दै छ सेयर बजार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वियरिष्ट ट्रयापमा लगानीकर्ता, किन घट्दै छ सेयर बजार ?

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

नेप्सेले हालसम्मकै उच्चतम विन्दु १८८१ को पिक पार गरिसकेपछि गत भदौ देखि निरन्तर रुपमा घटिरहेको छ। गत साता पनि लगातार जसो वियरिष्ट ट्रेण्डमा रहेको बजारमा साताको अन्तिम दिन  विहिवार  पनि सुधार हुन सकेन । कारोबारको अन्तिम दिन विहीबार नेप्से ठुलो उतावचढावका बिच २१ अकंले घट्दै १३७५ मा बन्द भएको छ । विगत महिनाहरुमा नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने सन्तोषजनक स्थिती नै थियो। 
तर पछिल्ला दिनहरुमा भने परिसुचक  संगै कारोबार रकममा समेत भारि मात्रामा गिरावट आईरहेको छ।यस अघि दैनिक अर्ब माथि रहने गरेको सेयर कारोबार पछिल्ला दिनहरुमा ३० देखि ५० करोडको सेरोफेरोमै सिमित हुने गरेको छ। भने परिसुचक समेत निरन्तर रुपमा घटीहेको छ।बजार उच्चतम विन्दुमा रहेको समयमा २० खर्ब भन्दा माथि रहेको बजार पुजिकरण विहिबार सम्ममा १५ अर्ब ४७ करोडमा झरेको छ। यसबाट लगानीकर्ताहरुले करिब ६ खर्ब गुमाईसकेको अनुमान गर्न सकिन्छ।  
नेपालको जस्तो सानो क्षेत्र रहेको पुजि बजारमा केही महिनामै ५ खर्ब माथीको लस लाई गम्भिर ढंगबाट हेरीएको छ।बजारमा समान्य उताबचढाव आउनु सामान्य भएपनि नेप्सेमा आईरहेको भारी गिरावट लाई सामान्य रुपमा लिन सकिदैन्। बजारमा धेरै लगानिकर्ताहरु प्यानिक अबस्थामा रहदा उनिहरु वियरिष्ट ट्रायापमा परेका छन्। नत उनिहरु सेयर बेचेर बजारबाट बाहिरिन सकेका छन् नत सेयर होल्ड गरेर बस्न सक्ने स्थिति रहेको छ। किनभने यो समयमा धेरै लघुविक्त तथा विमा कम्पनीहरुको सेयर मुल्यमा भारि गिरावट आईरहेको छ। सामान्यतया बजारमा २० प्रतिशत सम्मको गिरावटलाई करेक्सनको रुपमा लिने गरिएपनि अहिले त्यो लिमिट पनि क्रस भईसकेको अबस्था हो । 
त्यसकारण बजारमा देखिएको अहिलेको गिरावटलाई करेक्सन भन्न नमिल्ने स्थीती छ। उच्चतम विन्दुबाट करिब २७ प्रतिशतले ओरालो लागेको बजारमा वियरीष्ट ट्रेण्ड सुरु भई त्यसको पनि उत्कर्ष पार गरिसकेको छ। अब यहि गतिमै मै बजार घट्दै गएमा त्यसलाई वियरिष्ट ट्रेण्ड भनिरहरन मिल्दैन। किनकि बजारमा लगानीकर्ताको नोक्सानको मात्रा भारि मात्रामा बढ्दै गएमा  बजार क्रास को बाटोमा जाने खतरा बढ्दै जान्छ। किनकि  बजार धेरै समय प्यानीक अबस्थामै रही रह्यो भने त्यो नियन्त्रण बाहीर जान्छ।त्यसले बजारमा दुर्घटनाको  खतरा निम्ताउछ। त्यसैले समयमै लगानिकर्तालाई मनोबैज्ञानीक काउनसिलीङ को आबस्यकता देखिएको छ।
किन घट्दै छ बजार ?
(१)वित्तिय प्रणालीमा तरलता अभाव
पछिल्लो समय पुजिगत खर्चमा कमि आए संगै बैकं तथा वित्तिय संस्थामा तरलताको अभाव भएका विवरणहरु आईरहेका छन्। यसबाट ब्याजदरमा बृद्धी भएको छ भने बैकं तथा वित्तिय संस्थाहरुले ओभर ड्राफ्ट र सेयर कर्जामा कटौती गर्नाले त्यसको सिधा असर सेयर बजारमा देखिएको छ।जसकारण यसअघि दैनिक एक अरब माथि कारोबार हुने बजारमा पछिल्लो समय ३० देखि ५० करोडको हाराहारिमा मात्र कारोबार हुने गरेको छ।यद्यपी राष्ट्र बैकंले तरलता समस्या समाधान गर्न प्रयासहरु जारि राखे पनि त्यो तत्काल समाधान नहुने देखिन्छ। तरलता अभाव हटाउनकै लागि राष्ट्र बैकंले आज ४० अर्ब रुपैया बजारमा पठाउदै छ।यस अघि राष्ट्र बैकंले रिभर्स रिपो पनि जारि गरेको थियो।तर त्यी पनि प्रभाबकारी भईरहेका छैनन्। 
.(२)राष्ट्र बैकंद्धारा  जारि प्रतिबेदनको असर
 देशको पछिल्लो ५ महिनाको आर्थीक प्रतिबेदनमा राष्ट्रबैकंले बैक तथा वित्तिय क्षेत्रले लगानि गरेको ठुलो कर्जा रकम अनुत्पादक क्षेत्रहरुमा गई जोखिम बढेको भन्दै सचेत गरायो।घर जग्गा र सेयरमा धेरै रकम लगानि गर्दा खराब कर्जा बढ्न सक्ने भन्दै राष्ट्रबैकले विबेकशिल तथा साबधानी पुर्बक लगानी गर्न सुझाब दिएको छ।यसले लगानिकर्ताको मनोविज्ञानमा असर परेको देखिन्छ।यद्यपि बजार पुजिकरणको जम्मा २ प्रतिशत रकममात्र सेयर कर्जामा गएकोले यसलाई ठुलो मान्न नमिल्ने तर्क सेयर लगानिकर्ताहरुको छ।
(५)हकप्रद र बोनसको असर
राष्ट्रबैकंको पुजि बृद्धी योजना अनुरुप पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले पुजि बृद्धीको लागि ठुलो परिणममा हकप्रद र बोनस सेयर वितरण गर्नाले त्यसको असर विस्तारै विस्तारै देखिन थालेको छ। हकप्रद र बोनस बाट बजारमा ठुलो मात्रामा सेयरको भोलुम देखिएको छ। जसबाट आपुर्तीमा ब्यापक चाप देखिएको छ भने सोही अनुसारको माग भने देखिएको छैन् । 
माग र आपुर्तीको सन्तुलन नमिल्दा बजार कमजोर देखिएको छ।साथ साथै बैक तथा वित्तिय संस्थाहरुले पुजि बढाएपनि सोही अनुसारको विजनेस नहुदा पुजि बृद्धीको अनुपातमा  नाफा बढ्न सकिरहेको छैन्।जसले ब्यापक रुपमा कम्पनिहरुको प्रतिसेयर आम्दानी घटीरहेको छ।त्यस्तै पछिल्लो समय एफ पि ओ र हकप्रद सेयर भर्नको लागि लगानिकर्ताहरुले धमाधम आफ्नो पुरानो सेयर बेचेर सा्रोत जुटाउदै छन्। जसले बजारमा बिकी्र चाप देखिएको छ।अब केही समयमै स्टाण्र्डड चार्टड लगायतको एफ पि ओ खुल्दैछन्। यसबाट पनि देस्रो बजारमा असर देखिने अनुमान गर्न सकिन्छ।
(२ं)नेपाल लाईफको एफपिओ  र फरवार्ड माईक्रोफाईनान्सको आई पि ओ असर
नेपाल लाईफ ईन्सुरेन्सले भर्खरै जारि गरेको  एफपिओ   र फरवार्ड माईक्रोफाईनान्सको आई पि ओमा लगानिकर्ताले करिब ६० अर्ब भन्दा बढी रकमको आबेदन दिएका छन्। बजारमा रहेको लगानियोग्य ठुलो रकम त्यता जादा त्यसको केही  असर बजारमा देखिएको छ । 
(५)विशिष्ट कारण
भारु नोटमा प्रतिबन्ध, विमा र लघुविक्त क्षेत्रमा देखिएको अन्यौल, प्राविधिक विश्लेषकहरुले गरेको अनुमान , म्युचुअल फण्डको निस्कृयता, तथा सेयरको बढी आपुर्ती ,राजनैतीक अन्यौल ,र केही ठुला लगानिकर्ताको चलखेल र उनिहरुले छरेको भ्रम तथा लगानीकर्ताको कमजोर आत्मविश्वास ,कालोधन छानविनको हल्ला,बैकं तथा वित्तिय संस्थालाई ब्रोकर लाईसन्स दिने कुरामा धितोपत्र बोर्ड,नेप्से तथा सेयर दलाल हरुमा रहेको असमझदारी, पौष मसान्त , सेयरको सजिनल प्रभाव,र पुजि बृद्धी संगै कम्पनिको प्रतिसेयर आम्दानीमा आएको कमि जस्ता कारणले बजार मन्द गतिमा चलेको अनुमान गर्न सकिन्छ।
अब के गर्ने?
बजारलाई सन्तुलनमा ल्याउन यसको विकाश र विस्तार जरुरी
पछिल्ला समयको बजारको सुस्तता हेर्ने हो भने अहिलेको बजार लाई सन्तुलनमा ल्याएर दरिलो बनाउनको लागि अब साना लगानीकर्ताले मात्र सम्भव नहुने देखिएको छ। किनकि बजारमा सेयरको आपुर्ती यति धेरै भएको छ कि त्यसलाई साना र ब्याक्तिगत लगानिकर्ताले मात्र धान्न सम्भव नै छैन्। जसको लागि संस्थागत तथा ठुला लगानिकर्ता बजारमा प्रबेश गर्नुपर्ने देखिएको छ ।
त्यसको साथै दिर्घकालीन लगानी बजारमा आबस्यक रहेको छ।बजार परिपक्क बनाउनको लागि मार्केट मेकरको आबस्यकता देखिएको छ। बजारलाई अहिलेको डेन्जर जोनबाट पार लगाउनको लागि अब काठमाण्डौ को बजारले मात्र सम्भव नै छैन्।बजारको आपुर्ती अत्याधिक भएकोले मागको लागि अब देशभर जानुपर्ने देखिएको छ।जसको लागि तत्कालीक रुपमा बैकं तथा वित्तिय संस्थालाई ब्रोकर लाईसेन्स दिदै दिर्घकालीन रुपमा अनलाईन ट्रेडीङ सिस्टममा जानुपर्ने देखिन्छ। बजारमा सेयर साक्षारताको अभावले पनि जोखिम बढ्दै गएकोले सरकारले आधिकारीक परामर्शदाता लाई बजारमा ल्याउनका  लागि नितिगत ब्याबस्था गर्नु जरुरी छ।वा अहिलेका सेयर ब्रोकरलाई पनि परामर्शदाताको पनि थप भुमिका दिनु आबस्यक छ।
लगानीकर्ता परिपक्क बन्नु आवश्यक 
यो अबस्थालाई तत्काल सन्तुलन मा राखी आम लगानिकर्ताको पुजि सुरक्षीत गर्नु सरोकारवालाको कर्तब्य र जिम्मेवारी हो।यसमा नियमनकारी निकायको समयमै चासो जाओस। तत्काल बजार फ्रि फल मै जाने स्थीती नरहेपनि बजारमा यसरीनै हल्ला र भ्रमले आतंक सृजना गर्न सक्ने वातावरण भईरहने हो भने बजार त्यसतर्फ नजाला भन्न पनि सकिन्न। त्यसैले लगानिकर्ता संयम र बिबेकी भई लगानी गर्नु आबश्यक छ।अर्को महत्वपुर्ण कुरा के हो भने बजारमा आउने दुर्घटनाको स्थीती रोक्ने मुख्य जिम्मेवारी पनि आम लगानिकर्ताको नै हो। 
अहिलको बजार अब कता जान्छ भनेर अनुमान गर्न नसकिने अबस्थामा छ । यद्यपि बजार तत्कालनै सुधार हुने कुरामा भने त्यती दरिलो आधार देखिएको छैन्।देशमा राजनितिले सहि मोड लिएर चुनावको घोषणा नभएसम्म बजारको गति अझै केहि दिन  यहि अबस्थामानै रहने देखिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: