- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघर मण्डलामा इतिहासकै ठुलो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।
राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् । क्रेनको सहायताको सो झण्डा सार्वजनिक गर्दै फहराइएको थियो ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जानकारी दिएका छन् ।