×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको मुनाफा ५० प्रतिशतले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकको मुनाफा ५० प्रतिशतले वृद्धि

Artha Sarokar

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक पर्षको दोस्रो त्रैमासमा बैंकले ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 
चार अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले व्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २८.३ प्रतिशतले बढेर ७२ करोड ६१ लाख १८ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकले ४१ अर्ब निक्षेप संकलन गरेर ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७८ प्रतिशत रहेको छ ।
भारी मात्रामा हकप्रद र बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउन लागेको नेपाल बंगलादेश बैंक खराब कर्जा एक प्रतिशत भन्दा तल झार्न सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.०८ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.९९ प्रतिशतमा झरेको हो । यसअवधिमा छ करोड ९० लाख रुपैयाँ डुबेको कर्जा असुल गरेको बैंकले सम्भावित जोखिममा १४ करोड रुपैयाँ राखेको छ । बैंकको जगेडाकोषमा दुई अर्ब ५६ करोड रुपैयाँ रहेको छ । 
बैंकले यसअवधिमा प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ देखाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी