×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकमा लफडा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसीसी बैंकमा लफडा

Artha Sarokar

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – कहि साताअघि मात्रै मर्जर भएको नेपाल क्रडिट एण्ड कमर्श (Nepal Credit & commerical bank Ltd.) बैकभित्र दुईजना डेपुटी सीईओ नियुक्ती गरेसँगै लफडा सुरु भएको छ । राष्ट्र बैंकले व्यवस्थापन लिएको दुई वर्षपछि चारवटा विकास बैंकलाई गाभेको एनसीसी बैंकमा कर्मचारी व्यवस्थापनको विषयमा बढेको विवाद राष्ट्र बैंक र अख्तियारसमेत पुगेको छ ।
राष्ट्रियस्तरका चारवटा विकास बैंकहरु एपेक्स, सुप्रिम, इन्टरनेशनल र इन्फ्राष्ट्रचर डेभलपमेन्ट एनसीसीमा गाभिएको १ महिना पनि पुरा भएको छैन ।
अंगेजी नयाँ वर्षको लिन एकीकृत कारोबार सुरु गरेको एनसीसी बैंक संचालक समितिले मर्ज भएको एक हप्ता नबित्दै डिजिएम बन्दना पाठकलाई डेपुटी सीइओ नियुक्त गरेको थियो । यसअघि उनी डिजिएम रहेको रमेश अर्याल सीइओ बनेपछि मर्जरको केहिअघि डिजिएममा बढुवा भएकी थिइन् । उनी ६ महिनामा उच्च व्यवस्थापकीय तहमा डब्बल प्रमोशन पाउने भाग्यमानी भएकी छिन् ।
पाठकलाई डेपुटी सीईओ नियुक्त गरेकै बैठकमा सुप्रिम डेभलपमेन्ट बैंकका सीइओ रहेका रेवन्तकुमार दहाललाई पनि डेपुटी सीईओमा नियुक्त गरियो । सोहि नियुक्ति नै विवादको मूल कारक बन्न पूग्यो । वाणिज्य बैंकमा काम गरेको अनुभव नै नभएका दाहाललाई एकैपटक डेपुटी सीईओ नियुक्त गर्ने विषय भएको थियो । आजको शेयर बजार साप्ताहिकबाट
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी