
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक रहेको तथ्याङ्क सार्वजनिक भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकाङ्क ( २०१६ मा २९ अंक प्राप्त गरी नेपाल १ सय ३१औँ स्थानमा परेको हो। कुल १७६ देशमा गरिएको अध्ययनमा नेपालले १०० मा २९ अंकमात्र पाएको हो।
अघिल्लोपटक १६८ देशलाई समेटेर गरिएको अध्ययनमा नेपाल २७ अंकका साथ १ सय ३०औँ स्थानमा थियो। नेपालले यसपटक २ अंक सुधार गरेको छ। यो अघिल्लो पटकभन्दा थोरै राम्रो हो। ६५ अंक प्राप्त गर्दै २७औं स्थानमा परेको भूटान दक्षिण एसियाकै सबैभन्दा कम भ्राष्टाचार हुने मुलुक बनेको छ।
त्यसपछि क्रमशस् भारत, माल्दिभ्स, श्रीलंका र पाकिस्तान पनि नेपालभन्दा अघि छन्। बंगलादेश र अफगानिस्तान भने नेपालभन्दा पछि छन्। यसपटक १०० मा ९० अंक प्राप्त गरेका डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्दा सोमालिया १० अंकसहित सूचीको अन्तिम स्थानमा छ। यसको मतलब सोमालिया विश्वकै भ्रष्ट मुलुक हो।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्