Skip to content
LAXMI SUNRISE BANK

नेपालले बंगलादेशलाई पनि बिजुली बेच्न सक्ने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – बंगलादेशलाई नेपालबाट बिद्युत आयातका लागि आफ्नो भूमी प्रयोग गर्न दिन भारत तयार भएको छ।  नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमी दिन भारत सहमत भइ सकेको बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानिय पत्रिका फाइनान्सिलय एक्प्रेसले जनाएको छ।
‘हामीले भारतबाट यसबारे स्वीकृति पाइ सकेका छौँ, हमिदले भनेका छन्( अब बंगलादेशले जलविद्युतमा लगानी र आयात गर्ने बारे नेपाल सरकारसँग सम्झौता गर्नेछ। नेपालसँगै भुटानबाट समेत बिजुली आयातका लागि सम्झौता गर्ने उनले जानकारी दिए। ठूलो उर्जा संकटसँग जुधि रहेको बंगलादेशले छिमेकी मुलुकबाट १० हजार मेगावाट बिजुली आयातको लक्ष राखेको छ। 
बंगलादेशले कुल खपतको कम्तिमा १० प्रतिशत बिजुली नविकरणीय उर्जाको स्रोतबाट आपूर्ति गर्ने लक्ष लिएको मन्त्री हमिदले जानकारी दिए।
बंगलादेश सरकारले सन् २०४० सम्ममा ६० हजार मेगावाट विद्युत उत्पादनको लक्ष लिएको छ। सन् २०२१ भित्रै २४ हजार मेगावाट विद्युत उत्पादन पुर्याउने हमिदले बताए। 
त्यहि क्रममा नेपाल लगायत छिमेकी मुलुकका जलविद्युत आयोजनामा लगानीको तयारी गरिएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK