×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैङ्कले एक करोड ५४ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैङ्कले एक करोड ५४ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने

Artha Sarokar

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल बैङ्क लिमिटेडले प्रति शेयर १ सय रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैङ्कको  ५६ औँ वार्षिक साधारण सभाबाट उक्त निर्णय पारित भएको हो । बैङ्कले आफ्ना सेयर धनीलाई १०ः२।३७४ अर्थात् १ सय कित्ता शेयर बराबर २३ दशमलव ७४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
सो हकप्रद शेयर निष्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्कासन बिक्री प्रबन्धकमा नियुक्त गरी बैङ्क र क्यापिटल मार्केटबीच बुधवार सम्झौता भएको छ । सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे ।  
हाल बैङ्कको चुक्ता पूँजी रू। छ अर्ब ५० करोड रहेको छ भने हकप्रद शेयर निष्कासनपश्चात् बैङ्कको कुल चुक्ता पूँजी रू। आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पूँजीको ६२।२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैङ्क कर्मचारी तथा सर्वसाधारणको रहेको छ । हाल बैङ्कले १ सय ३० ओटा शाखामार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी