×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा चीनको सक्रिय भूमिका : स्थिंक ट्यांक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपालमा चीनको सक्रिय भूमिका : स्थिंक ट्यांक

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ ।
भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख छ ।
संस्थाका मूख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबार मात्र सार्वजनिक गरिएको हो । संस्थामा सिनियर फेलको रुपमा कार्यरत जयश्री सेन गुप्ताले तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ ।
आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: