×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाईफमा एफपिओ जारी गरेको भन्दा नौ गुण बढी आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाईफमा एफपिओ जारी गरेको भन्दा नौ गुण बढी आवेदन

Artha Sarokar

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल लाईफ इन्स्योरेन्स कम्पनी  Nepal Life Insurance Comapny ले पुस २७ देखि जारी गरेको फर्दर पब्लिक अफरिङ एफपिओ मा नौ गुणा बढी आवेदन परेको छ । कम्पनी (NLIC)  ले अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर प्रतिकित्ता १४ सय २५ मा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको शेयरमा करिब २ लाख आवेदकबाट ४१ अर्ब रुपैयाँ बराबरको आवेदन परेको बताइएको छ । यो कम्पनीले माग गरेभन्दा नौ गुणा बढी हो ।
हाल २ अर्ब १६ करोड रूपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाईफको एफपीओ सूचीकरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपिओ बिक्रीबाट आउने थप १३२५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपिओको प्रिमियमबाट मात्रै कम्पनीले ४ अर्ब १० करोड २७ लाख रुपैंयाभन्दा बढी रकम जगेडा कोषमा जम्मा गर्नेछ ।
एफपिओपछि कम्पनीको जगेडा कोषमा कुल ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी