
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (Nepal life insurance company) ले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ (FPO) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनी (NLIC) ले पुस २७ गतेदेखि ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गरेको थियो ।
कम्पनीको शेयरमा शुक्रबार सम्म एक लाख भन्दा बढी आवेदकबाट १५ अर्ब ५० करोड भन्दा बढीको आवेदन परेको बताइएको छ । यो कम्पनीले माग गरेभन्दा साढे ३ गुणा बढी हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो प्रारम्भिक तथ्यांक भएकोले यकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।
कम्पनीको शेयरमा शुक्रबार मात्रै साढे ७ अर्बको आवेदन परेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको उक्त शेयरमा करिब ४६ हजारले आवेदन दिएका थिए ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गरेको थियो । कम्पनीको शेयरमा न्युनतम १० कित्ता १४ हजारर २५० रुपैयाँ देखि अधिकतम ३० हजार ९६० कित्ता ९४ करोड ४१ लाख १८ हजार रुपैयाँ० सम्म आबेदन गर्न पाईने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्