Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको हकप्रद शेयर आउँदै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – नेपाल बैंकले आफ्ना शेयर धनीलाई १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद शेयर दिने भएको छ।सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी  बैंक र  क्यापिटल मार्केटबीच बुधवार सम्झौता भयो । 
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरे । 
           
नेपाल बैंक लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी रु छ अर्ब ५० करोड रहेको छ भने हकप्रद सेयर निष्काशनपश्चात् बैंकको कुल चुक्ता पुँजी रु आठ अर्ब चार करोड हुनेछ । हाल चुक्ता पुँजीको ६२।२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK