
काठमाडौं – २८ वाणिज्य बैंकहरूसँग ऋण दिनसक्ने रकम ४१ अर्ब ६१ करोडमात्र छ। सबै बैंकको लगानीयोग्य पुँजी संकलन गर्ने हो भने एउटा ठूलो आयोजना निर्माणको लागि लगानी जुट्नसक्ने अवस्था छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यसमध्ये पनि अझ अचम्मको कुरा के छ भने एउटा बैंकमा भएको ६० प्रतिशत लगानीयोग्य रकम छ।
पुस मसान्तसम्म एउटा बैंकसँग मात्र २४ अर्ब ७८ करोडरकम रहेको राष्ट्रबैंकको तथ्यांकले देखाउँछ। बाँकी २७ बैंकसँग १६ अर्ब ८३ करोड रुपैयाँ मात्र लगानीयोग्य रकम छ। उनीहरूसँग करिब १ प्रतिशत ९०.९९०मात्र लगानीयोग्य रकम छ। कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको हो।
समग्रमा सबै बैंको कर्जा–निक्षेप अनुपात ७८ प्रतिशत छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाहेक अन्य बैंकको कर्जा निक्षेपको अनुपात ७९ प्रतिशत छ। राष्ट्र बैंकको नियमअनुसार बैंकले कर्जा–निक्षेप अनुपात ८०ः२० कायम गर्नुपर्छ। यसको अर्थ बैंकले सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँमात्र कर्जा प्रवाह गर्न पाउँछ। बाँकी २० रुपैयाँ सरकारी सुरक्षणपत्रमा लगानीसहित नगद राख्नुपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्