
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – व्यवस्थापिका संसदको विकास समितिले नेपाल टेलिकमलाई आगामी असोज भित्र फोरजी सेवा देशैभरी पुर्याउन निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले टेलिकमले फोरजीका लागि अनुमति पाएको एक वर्षभित्र मुलुकभर विस्तार गर्न निर्देशन दिएको छ । टेलिकमले गत असोजमा फोरजीका लागि अनुमति पाएको थियो ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालय फोरजी विस्तारका लागि सहजीकरण गर्न पनि निर्देशन दिएको छ ।
टेलिकमले गत पुष १७ गतेदेखि फोरजीको सफ्ट लन्च गरेको थियो। समितिले पोष्टपेडमा मात्र नभइ प्रिपेडमा पनि फोरजी सञ्चालन गर्न टेलिकमलाई निर्देशन दिएको छ।
समितिले हाल टेलिकम क्षेत्रमा देखिएको रिचार्ज नहुने, आवाज नसुनिने र समयमा सेवा नपाउने जस्ता समस्याको तत्काल समाधान गर्न पनि टेलिकमलाई निर्देशन दिएको छ। साथै नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन ढिला नगर्न पनि अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्