- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भारतमा मजदुरीको शिलशिलामा पुगेका २० जना भन्दा बढी नेपाली भारतीय जेलमा रहेका छन् । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीका उनिहरु कार्यरत थिए ।
मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनीले सात महिना देखि उनिहरुलाई जेलमा राखेको छ । जेलमा पर्ने सबै कञ्चनपुरका रहेको छन् ।
मजदुरीको पैसा बढाउने माग राख्दैमा उनिहरुलाई जेल हालिएको भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले बताए। ‘जेलमा परेका सबै नेपाली निर्दोष रहेकाले नेपाल सरकार र भारतमा रहेको नेपाली राजदुतावासले चाँडै पहल गर्नु पर्छ’ उनले भने ।