×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से १ .१९ प्रतिशतले ओरालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से १ .१९ प्रतिशतले ओरालो लाग्यो

Artha Sarokar

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं – मङ्गलवार नेप्से परिसूचक १ दशमलव १९ प्रतिशतले घटेको छ । १ हजार ४ सय ८३ विन्दुबाट खुलेको शेयर बजार ३ घण्टाको अवधिमा परिसूचक १७ दशमलव ६५ अङ्कले घटेर १ हजार ४ सय ६५ विन्दुमा झरेको छ । 
कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय २० कम्पनीको २ हजार ५ सय ६६ पटकको व्यापारमा रू। २७ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।
बीमा समूहको परिसूचक २ दशमलव १६ प्रतिशतले घटेको छ । साथै, बैङ्किङ र विकास समूहको परिसूचक १ दशमलव २५ प्रतिशतले घटेको छ । होटल समूहको परिसूचक १ दशमलव १४ प्रतिशतले घटेको छ । साथै, जलविद्युतको शून्य दशमलव २७ प्रतिशतले घटेको छ । वित्त कम्पनीको शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने ‘अन्य’ समूहको शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी