×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०.३५ प्रतिशत उकालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से ०.३५ प्रतिशत उकालो लाग्यो

Artha Sarokar

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ । पहिलो कारोबारदेखि उतारचढावसँगै बढिरहेको शेयर बजार २ घण्टा ३० मिनेटको व्यापारमा परिसूचक ५ दशमलव १२ अङ्क बढेर १ हजार ४ सय ८१ दशमलव ६३ बिन्दुमा पुगेको हो ।

 यस समयमा ९८ कम्पनीको १ हजार १२ पटकको व्यापारमा रू। ११ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । यस व्यापार अवधिमा पनि ‘अन्य’ समूह र वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक बढेको छ । 
बीमा समूहको परिसुचक शून्य दशमलव ८२ प्रतिशत, बैङ्किङको शून्य दशमलव ५१ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४९ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ५ प्रतिशत घटेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी