×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.१७ प्रतिशतले बढ्यो नेप्से, कारोबार रकममा भने कमी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१.१७ प्रतिशतले बढ्यो नेप्से, कारोबार रकममा भने कमी

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – सोमवार नेप्से परिसूचक १ दशमलव १७ प्रतिशत वृद्धि भएको छ । पछिल्लो चार दिनको व्यापारमा परिसूचक ७५ दशमलव ३२ अङ्कले बढेको छ । यस दिन परिसूचकमा बृद्धि भएपनि काराबोर रकममा भने रू. ५ करोड ८४ लाख कमी आएको छ । पहिलो आधा घण्टाको १ हजार ४ सय ८४ उच्च विन्दुमा पुगेको नेप्से सो विन्दुमा टिक्न नसकी १८ अङ्क तल झरेको परिसूचक केही समयमा नै बढ्न थालेको थियो । व्यापारको अन्तिम समयमा शेयर बजार १७ दशमलव १३ अङ्क बढेर १ हजार ४ सय ८२ दशमलव ८५ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्सेको कारोबार रकम बढेर रू. ५१ करोड ४९ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १६ खर्ब ६० अर्ब पुगेको छ । यस दिन १ सय ३० कम्पनीको ४ हजार ४ सय ३३ पटकको व्यापारबाट १० लाख १७ हजार ७ सय ५४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४२ दशमलव ७५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
एभरेष्ट बैङ्कको रू. ३ करोड ८ लाख बराबरको रकम कारोबार भएको छ । बैङ्कको अन्तिम मूल्य रू. ४४ ले बढेर रू. १ हजार ८ सय ४९ पुगेको छ । यस कम्पनीको १ सय ९५ पटकको व्यापारमा १६ हजार ८ सय १६ कित्ता शेयर कारोबार भएको हो । यस दिन सप्तकोशी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ९ दशमलव ७५ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २ सय ५९ पुगेको छ । साथै, अरुण फाइनान्सको शेयर मूल्य ९ दशमलव ६४ प्रतिशत र मञ्जुश्री फाइनान्सियल इन्स्टीच्यूचनको ९ दशमलव २९ प्रतिशतले बढेको हो । मिथिला लघुवित्त विकास बैङ्कको शेयर मूल्य भने ९ दशमलव २२ प्रतिशतले घटेर रू. १ हजार ७२ पुगेको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ९४ कम्पनीको शेयर मूल्य बढेको छ, २५ कम्पनीको शेयर मूल्य घट््यो र ११ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । सो दिन नेप्सेको एडी रेशियो ३ दशमलव ७६ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।
बैङ्किङ समूहको परिसूचक १ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशलमव ९३ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ८८ प्रतिशतले बढेको हो । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, बीमाको शून्य दशमलव ४२ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ३९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव २६ प्रतिशतले बढेको हो । होटल समूहको परिसूचक भने शून्य दशमलव ३३ प्रतिशतले घटेको छ । सोल्टी होटलको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक ६ दशमलव ३७ अङ्कले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: