×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ० . ८८ प्रतिशत बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्से ० . ८८ प्रतिशत बढ्यो

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ८८ प्रतिशत बढेको छ । सवा १ घण्टाको व्यापारदेखि उकालो लागेको शेयर बजार २ घण्टाको व्यापारमा १२ दशमलव ८६ अङ्कले बढेर १ हजार ४ सय ७१ दशमलव ८३ विन्दुमा पुगेको छ ।
 होटल समूह बाहेक कारोबारमा आएका सबै समूहहरुको परिसूचक बढेपछि नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा ८८ कम्पनीको ८ सय ५ पटकको व्यापारमा रू। ११ करोढ ५३ लाख बराबरको शेयर कारोबार भएको छ ।
बीमा समूहको परिसूचक १ दशमलव ८७ प्रतिशत र बैङ्किङको १ दशमलव शून्य ३ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक शुन्य दशमलव ४६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव २८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव १८ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १३ प्रतिशत बढेको हो । होटल समूहको परिसूचक भने शून्य दशमलव १२ प्रतिशत घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: