
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – यो साता नेप्से परिसूचक ३२. ४१ अंकले उकालो लागेको छ। लामो समयदेखि अस्थिर देखिएको सेयर बजार यस साता पनि उतार चढाबकाबीच पहिलो दिनको तुलनामा ३२.७४ अंकले उकालो लागेर १४ सय ७९. ८६ अंक कायम भएको छ।
त्यस्तै क वर्गका कम्पनीहरुको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस साता ७.३४ अंकले बढेर ३१९.९६ अंक कायम भएको छ। यस साता सेयर परिसुचक बृद्धि भएता पनि कारोबार रकम भने घटेको छ।
गत साताको तुलनामा कारोबार रकममा १९.७४ प्रतिशतले ह्रास आई १ करोड ३३ लाख ७ सय ८० कित्ता सेयर पत्रको कारोबाट १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ मात्रैको कारोबार भएको छ। यस साता कारोबार गर्नेमध्ये कारोबार रकम ९१३ करोड ४८ लाख ७० हजार रुपैयाँको आधारमा नेपाल लाइभ इन्स्योरेन्स अग्रस्थानमा छ।
सेयर संख्या २५ लाख ४८ कजार कित्ताको आधारमा नविल व्यालेन्स फण्ड र कारोबार संख्या६८३ वटा को आधारमा कुमारी बैंक लिमिटेड अग्र स्थानमा छ। यस साता नेप्सेमा निर्धन उत्थान बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड बोनस सेयरको लागि सुचीकृत भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्