×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ०. ०४ प्रतिशतले ओरालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से ०. ०४ प्रतिशतले ओरालो लाग्यो

Artha Sarokar

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक शून्य दशमलव ५५ अङ्कले घटेर १ हजार ४ सय ७९ दशमलव ३१ विन्दुमा पुगेको छ । कारोबारमा आएका बैङ्किङ र होटल समूहको बाहेक अन्य परिसूचक घटेपछि नेप्से परिसूचक ओरालो लागेको हो ।
 यस व्यापार अवधिमा १ सय १ कम्पनीको १ हजार  ४ सय ६२ पटकको व्यापारमा रू। १६ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ ।
बैङ्किङ समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशत, होटलको शून्य दशमलव शून्य ७ प्रतिशत बढेकोछ  । त्यस्तै, बीमा  समूहको परिसूचक शून्य दशमलव  ७६ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४ प्रतिशत , विकास बैङ्कको शून्य दशमलव २८ , वित्त कम्पनीको शून्य   दशमलव २६ र ‘अन्य’  समूहको परिसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी