Skip to content

नेप्से ०.२६ प्रतिशतले ओरालो लाग्यो

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक ३ दशमलव ७५ अङ्कले घटेर १ हजार ४ सय ६२ दशमलव ३४ विन्दुमा पुगेको छ । बैङ्किङ, विकास बैङ्क, जलविद्युत  र ‘अन्य’ समूहको  परिसूचक घटेपछि नेप्से परिसूचक घट्न दबाब परेको हो ।
 यस समयमा १ सय ११ कम्पनीको २ हजार २ सय ५९ पटकको व्यापारमा रू। २१ करोड ७४ लाख बराबरको रकम कारोबार भएको छ ।
होटल समूहको परिसूचक १  दशमलव ८ प्रतिशत, वित्त कम्पनीको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत, उत्पादन तथा प्रशोधन र बीमा समूहको परिसूचक भने क्रमशः शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ ।
 त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, ‘अन्य’ समूहको परिसूचक  शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको  शून्य दशमलव १९ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव शून्य १ प्रतिशत घटेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्