×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से शून्य दशमलव शून्य ५ प्रतिशत घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्से शून्य दशमलव शून्य ५ प्रतिशत घट्यो

५ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । कारोबारमा आएको बीमा, विकास बैङ्क र ‘अन्य’ समूहबाहेक अरु सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक पनि घटेको हो । सो दिन कारोबारको ३ घण्टाको अवधिमा परिसूचक शून्य दशमलव ७४ अङ्क घटेर १ हजार ४ सय ६२ दशमलव ३० विन्दुमा पुगेको छ ।
कारोबारमा आएको बीमा समूहको परिसूचक शून्य दशमलव ९६ प्रतशित बढेको छ भने ‘अन्य’ समूहको शून्य दशमलव ६८ प्रतिशत बढेको यसका साथै, बीमा कम्पनीको परिसूचक  शून्य ९६ प्रतिशतले बढेको छ । सो अवधिसम्म कारोबारमा आएको होटल समूहको परिसूचक १ दशमलव ४२ प्रतिशत घटेको छ ।
त्यसैगरी, वित्त समूहको परिसूचक शून्य  दशमलव ५२ प्रतिशत, बैङ्किङ र उत्पादन तथा प्रशोधन समूहको क्रमशः शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक भने शून्य दशमलव २५ प्रतिशतले घटेको छ  ।
सो अवधिसम्म १ सय १७ कम्पनीको २ हजार ९५ पटकको कारोबारमा रू। १९ करोड ४८ लाख बराबरको रकम कारोबार भएको छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: