×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताभर नेप्से परिसुचक १५ अंकले गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साताभर नेप्से परिसुचक १५ अंकले गिरावट

Artha Sarokar

७ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – गत साता शेयर बजार ओरालो लागेको थियो । पहिलो दिनदेखि नै घटेको नेप्से परिसूचक अन्तिम दिन भने न्यून प्रतिशतले बढेर बन्द भएको थियो । परिसूचक घटेपनि कारोबार रकम भने न्यून प्रतिशतले सुधारिएको थियो ।

 गत साता होटल समूह, विकास बैङ्क र व्यापार समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको थियो । सातामा परिसूचक १७ दशमलव ३० अङ्कले घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय ७९ दशमलव ८६ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन बढेर १ हजार ४ सय ६२ दशमलव ५६ विन्दुमा पुगेको थियो ।

 अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत साताको अन्तिम व्यापार दिनमा कारोबार रकम भने रू. १ करोड ६७ लाखले बढेको हो । गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने परिसूचक १५ दशमलव १६ प्रतिशतले घटको थियो ।

सातामा १४ हजार ७ सय ८५ कारोबारबाट १ सय ५३ कम्पनीहरुको १ करोड १३ लाख १८ हजार २ सय ७० कित्ता शेयरहरु खरीद बिक्री भए । जसबाट रू. १ अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ६ दशमलव ९६ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ४८ कम्पनीको १३ हजार १ सय ४० कारोबारबाट १ करोड ३३ हजार ७ सय ८० कित्ता शेयर किनबेच भएको थियो । यसबाट रू. १ अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरको रकम कारोबार भएको थियो ।
होटल समूहको परिसूचक ७ दशमलव ८७ अङ्क, बीमा बैङ्कको ३ दशमलव ३४ अङ्क र व्यापारको १ दशमलव १३ अङ्क बढेको छ । त्यसैगरी, बीमा समूहको परिसूचक ३३ दशमलव ८५ अङ्क बढेको थियो । साथै, बैङ्किङ समूहको परिसूचक २२ दशमलव ६२ अङ्क, वित्त कम्पनीको ३ अङ्क, जलविद्युतको ७ दशमलव ८६ अङ्क, उत्पादन तथा प्रशोधनको २५ दशमलव ९६ अङ्क र ‘अन्य’ समूहको १ दशमलव १३ अङ्क घटेको हो ।  
गत साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३ सय १७ दशमलव ३२ अङ्कमा पुगेको हो । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन १ दशमलव २ अङ्कले घटेर १ सय ८ दशमलव ५४ अङ्कमा पुगेको हो ।
सो साता कारोबार रकमका आधारमा प्रभु बैङ्क अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कले गत साता रू. २० करोड ९३ लाख बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा पनि प्रभु बैङ्क नै अग्रस्थानमा रहेको थियो । यस वाणिज्य बैङ्कले १ हजार ५ सय पटक कारोबार गरेको थियो । गत साता पनि कारोबार भएको शेयर सङ्ख्याको आधारमा नबिल व्यालेन्स फण्ड १ नै अग्रस्थानमा रहेको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी